सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

हत्याका फरार अभियुक्त डेढ वर्ष पछि पक्राउ

२० आश्विन, २०७७ १६:४३ मा प्रकाशित

440 पटक पढिएको

murder culprit in custody

काठमाडौं – महानगरिय अपराध महाशाखाको टोलिले २ बर्ष अघि एकजना महिलाको हत्या गरि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमाजिल्ला सिन्धुपाल्चोक, ईन्द्रावती गा.पा.-११, बडगाउँ घर भई हाल जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका-१४, नयाँबस्ती, गैरीटोल बस्ने बर्ष ३५ का विनय श्रेष्ठ रहेका छन ।

५ गते जिल्ला काठमाण्डौं, कागेश्वरी मनहरा नगरपालिका-९ गोठाटार स्थित रमेश श्रेष्ठको अस्थायी टहरामा जिल्ला सि.पा. कर्थली-३ स्थायी घर भई काठमाडौको जोरपाटी नयाँबस्ती बस्ने बर्ष-३६ की पम्फा श्रेष्ठलाई बन्धक बनाई हत्या गरी फरार रहेका विनय माझी भन्ने बिनय श्रेष्ठ लाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका-१४, नयाँ बस्तीबाट पक्राउ गरिएको ।

अनुसन्धानका क्रममा निज विनय माझीले मृतक पम्फा श्रेष्ठलाई विभिन्न बहाना गरी निजको डेरामा लगी मिति २०७६ साल बैशाख ३० गते देखी जबरजस्ती बन्धक बनाई राखेकोमा हत्या गरी कोठा बाहिरबाट ताला लगाई फरार भएका थिए । हत्या भएको ५ दिन पछि स्थानियले प्रहरीलाइ खबर गरेको थियो । प्रहरी अनुसन्धान टोलीले ताला फोडी हेर्दा पम्फा श्रेष्ठ मृत अवस्थामा खाटमा फेला परेको महानगरिय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताउनु भयो ।

निज विनय माझीले सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता निकालेको पाइएकोले सो सम्बन्धमा समेत अनुसन्धान जारी रहेको । थप आवश्यक अनुसन्धान कार्यको लागी निज विनय श्रेष्ठ भन्ने विनय माझीलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाइएको महाशाखाका प्रमुख दीपक थापाले बताउनु भयो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome