बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

उपत्यकामा १,०१७ सहित देशभर थप १,५५१ जनामा कोरोना पुष्टि, २,३४० डिस्चार्ज

२० आश्विन, २०७७ १६:५२ मा प्रकाशित

291 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०१७ सहित देशभर थप १,५५१ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंका ७८३, ललितपुर ११८ र भक्तपुरका ११६ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै संक्रमितको संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै देशभर २२ हजार ७०९ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन् भने होम आइसोलेसनमा १३ हजार ५९१ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन्।

पछिल्लो २४ घन्टामा २३ सय ४० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ।

आइसीयूमा २४३ र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ५६३ जनाको मृत्यु भएको छ। मंगलबार उपत्यकाका ५ सहित ९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome