शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी दुई तिहाइले पारित

२० आश्विन, २०७७ १६:५८ मा प्रकाशित

800 पटक पढिएको

dang map nepal

बुटवल – प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको टुंगो लागेको छ। मंगलबार प्रदेशसभा बैठकले मतदान प्रक्रियामार्फत् नाम र राजधानी टुंगो लगाएको हो। प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी दाङको देउखुरीक्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ बहुमतले पारित भएको हो।

प्रदेशको राजधानी देउखुरी तोक्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ। प्रदेशसभाका ८७ मध्ये बैठकमा मंगलबार ८२ सांसदमात्र सहभागी थिए। त्यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ८९ मत र विपक्षमा चार मत परेको छ।

पदेश ५ को सरकारले दाङको देउखुरीको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव असोज १६ गते प्रदेशसभामा पेश गरेको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome