सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको टीकाको साइत त्रुटिपूर्ण

२० आश्विन, २०७७ १७:०६ मा प्रकाशित

340 पटक पढिएको

dashain

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको यस वर्षको बडादसैंको टीकाको साइत त्रुटिपूर्ण रहेको तलेजु भवानी मन्दिरका मूल पुजारी उद्धवमान कर्माचार्यले बताउनुभएको छ ।

पञ्चाङ्ग निर्णायक समितिले २०६६ सालदेखि नै त्रुटिपूर्ण साइत निकाल्दै आएको पनि मूल पुजारी कर्माचार्यले जिकिर गर्नुभयो ।

समितिले दिएको साइत समयमा देवी विसर्जन, यात्रा, टीका र देवी थिरासन गर्ने साइत क्रमबद्ध नभएको उहाँको भनाइ छ ।

पञ्चाङ्ग निर्णायक समितिले गर्दै आएको त्रुटिबारे पटक–पटक जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको मूल पुजारी कर्माचार्यको भनाइ छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome