शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

१५ किलो नक्कली सुन प्रकरण : २ प्रहरीसहित ९ जना थुनामा

२१ आश्विन, २०७७ ०६:४३ मा प्रकाशित

842 पटक पढिएको

fake gold seized

काठमाडौं – जिल्ला अदालत काठमाडौंले १५ किलो नक्कली सुन तस्करीमा संलग्न भएको आरोप लागेकामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले निलेश शाक्य, विजय पटेल, बहादुर सिंह कडायत, प्रशन्न श्रेष्ठ, राजु मुन्ना खान, सद्रुल अन्सारी, इल्ताफ हुसेन अन्सारी र कौशल पटेललाई थुनामा पठाउन आदेश दिएको हो । कडायत र श्रेष्ठ महानगरीय प्रहरी वृत दरबारमार्गबाट सादा पोशाकमा खटिने प्रहरी हुन् ।

विजय ताम्राकारलाई ५ लाख रुपैयाँ र श्रीनिवास उपाध्यायलाई एक लाख रुपैयाँ धरौटी लिएर तारिखमा छाड्न आदेश दिएको छ । अर्का एकजना भने साधारण तारिखमा छुटेका छन् ।

गत असोज ११ गते नक्कली सुन प्रकरणमा १७ जनालाई हातहतियार तथा खरखजना, अवैध सुनचाँदी चोरी पैठारी, संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome