बुधबार, १२ कार्तिक २०७७
बुधबार, १२ कार्तिक २०७७

IT Training Nepal

कोरोनाको खोप विश्‍वभर पठाउने चीनको तयारी

२१ आश्विन, २०७७ ०७:०४ मा प्रकाशित

569 पटक पढिएको

corona vaccine russia

बेइजिङ – चीनले आफूले विकास गरेको कोभिड १९ विरुद्धको खोपलाई अन्तर्राष्ट्रिय स्तरमा प्रयोगमा ल्याउनेबारे विश्व स्वास्थ्य संगठनसँग कुरा गरेको छ ।

चीनले विकास गरेको खोप यहाँका उच्च जोखिममा रहेका हजारौँ कामदारका लागि दिइएको छ । यद्यपि त्यस खोपको क्लिनिकल परीक्षण पूर्ण रुपमा सम्पन्न भइसकेको थिएन । जुन खोपको विश्वसनीयताबारे विज्ञहरुले सुरक्षा चासो उठाएका छन् ।

डब्लूएचओका अधिकारीहरुका अनुसार चीनले उक्त खोपको आपतकालिन प्रयोगका लागि डब्लूएचओसँग प्रारम्भिक छलफल गरेको थियो । चीनले हाल आफू खोप विकासको अन्तिम र निर्णयक चरणमा पुगिसकेको जनाएको छ र उसले चारवटा खोप समानान्तर रुपमा विकास गरिरहेको छ ।

दुई वटा राज्यनियन्त्रित कम्पनी चाइना नेश्नल बायोटेक ग्रूपले बनाएको छ भने अरु दुई खोप सिनोभेक बायोटेक र क्यानसिनो बायोलोजिक्स ग्रूपको सहकार्यमा विकास भइरहेका छन् । उनीहरुले ती खोप पाकिस्तान, ब्राजिल, रुस र यूएईमा परीक्षण गरेका छन् । गत महिना यूएईले चिनियाँ खोपलाई आपतकालिन परीक्षणको अनुमति दिएको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome