सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १,६८४ सहित देशभर थप ३,४३९ जनामा कोरोना पुष्टि, १,१२६ डिस्चार्ज

२१ आश्विन, २०७७ १६:४३ मा प्रकाशित

856 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४ सहित देशभर थप ३ हजार ४३९ जनामा संक्रमण देखिएको छ। काठमाडौंका १,२९६ भक्तपुरका ९५ र ललितपुरका २९३ गरी उपत्यकामा १,६८४ नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार देशभर २५ हजार ७ कोरोनाका सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन्। क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन्। 

बुधबार थप ११२६ जना निको भएपछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको ६८ हजार ६६८ पुगेको छ। 

नेपालमा कोरोनाबाट हालसम्म ५७८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर थप १५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

सक्रिय संक्रमितको संख्या २५ हजार नाघिसकेको अवस्थामा स्वास्थ्य मन्त्रालयले दिएको पछील्लो अभिव्यक्तिलाई मान्ने हो भने देशले फेरी एक पटक निषेधाज्ञाको सामना गर्नुपर्ने देखिन्छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome