मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

कोलकाताद्वारा चेन्नाई १० रनले विजयी

२२ आश्विन, २०७७ ०७:२६ मा प्रकाशित

401 पटक पढिएको

kkr in ipl 2020

काठमाडौं – युएईमा जारी ईन्डियन प्रीमियर लिग (आईपिएल) २०२० मा हिजो राती भएको खेलमा ओपनर राहुल त्रिपाठीको उत्कृष्ट प्रदर्शनको मद्दतमा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई १० रनले हराएको छ ।

आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा कोलकाताले चेन्नाईलाई जितका लागि १६८ रनको चुनौति दिएको थियो । चेन्नाईको टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सक्यो ।

कोलकाताको जितमा ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए । ५१ बल सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच भए ।

चेन्नाईलाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । तर आन्द्रे रसेलले १५ रनभन्दा बढी दिएनन् । चेन्नाईको सुरुवात राम्रो थियो । उसले १० ओभरमा एक विकेट मात्रै गुमाएर ९० रन बनाएको थियो । तर त्यसपछिको बाँकी १० ओभरमा चेन्नाईले मात्रै ६७ रन बनाउन सक्यो ।

चेन्नाइका लागि शेन वाटसनले ५० रन बनाए । तर चौथो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान महेन्द्र सिंह धोनीले ११ रन मात्रै बनाए । धेरै रन बटुल्न आवश्यक परेको बेला केदार जाधवले १२ बलमा मात्र ७ रन बनाउन सके । अम्बाती रायडुले ३० तथा फाप डु प्लेसिस र साम कुरानले समान १७–१७ रन बनाए । रविन्द्र जडेजा २१ रनमा नटआउट रहे ।

यसअघि अबुधाबीमा पहिले टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा दश विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

कोलकाताका ओपनर राहुल त्रिपाठीबाहेक अन्य ब्याट्सम्यानहरुले राम्रो खेल प्रदर्शन गर्न सकेनन् । प्याट कमिन्सले नटआउट १७ रन बनाए । सुनिल नारायनले पनि १७ रन नै बनाए । कप्तान दिनेश कार्तिक, इयान मोर्गान र आन्द्रे रसेलले कुनै कमाल देखाउन सकेनन् ।

चेन्नाईका लागि ड्वेन ब्राभोले ३ विकेट लिए । साम कुरान, शार्दुल ठाकुर र करण शर्माले २–२ विकेट लिए । दीपक शर्मा चेन्नाईका सबैभन्दा महँगा बलर बने । उनले चार ओभरमा ४७ रन खर्चिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome