मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

उपत्यकामा २,५४० सहित देशभर ४,३६४ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

२२ आश्विन, २०७७ १७:१५ मा प्रकाशित

744 पटक पढिएको

corona positive

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं पत्यकामा २ हजार ५४० सहित देशभर ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्र २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ९८ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ । यस्तै  पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार ७१७ जना रहेका छन् भने होम आइसोलेसनमा १४ हजार ९४७ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५९० पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome