बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

पशुपति क्षेत्र विकास कोषले गोठाटारको अतिक्रमित जग्गामा बनेका टहरा भत्कायो

२३ आश्विन, २०७७ ०८:२६ मा प्रकाशित

531 पटक पढिएको

pashupati development fund destructing structures in encroached land gothatar

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले गोठाटारस्थित अतिक्रमित जग्गामा बनेका टहरा भत्काएको छ । कोषका पदाधिकारी, कोषका कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कोषका सुरक्षाकर्मीको टोलीले बिहीबार टहरा भत्काएको हो ।

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले चार टहरा भत्काएर उक्त ठाउँबाट हट्न बाँकीलाई सात दिनको अल्टिमेटम दिएको जानकारी दिए । उनका अनुसार, करिब दुई सय रोपनी जग्गामा विद्यालय, मन्दिर र घरटहरा बनेका छन् । उनले भने, ‘कोषको गोठाटारस्थित ५३२ रोपनी जग्गामध्ये अतिक्रमण गरी टुक्रा टुक्रा पारेर करिब एक हजार जति प्लटिङ गरेको देखिन्छ ।’

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले एक साताको अल्टिमेटम अनुसार आफैं नहटे सूचना प्रकाशन गर्ने र त्यसपछि पनि नहटे सबै घरटहरा भत्काइने बताए । उनले भने, ‘दोस्रो गुरुयोजना अनुरुप गोठाटारको उक्त जग्गामा सामाजिक दायित्व अन्तर्गत अस्पताल, विश्वविद्यालय, गौशाला आदिको काम गर्ने योजनामा कोष अघि बढेको छ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome