बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

प्रहरीद्वारा महिला अधिकारकर्मी अपमानित !

२३ आश्विन, २०७७ ०८:४१ मा प्रकाशित

745 पटक पढिएको

dsp rajkumar insults women rights activists

काठमाडौं – महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक राजकुमार केसिले आफ्नै कार्यकक्षमा गाली गलौज गरेको महिला अधिकारकर्मी रमिला योन्जन पोखरेलले बताए ।

बिहिबार दिउँसो साइबर अपराध मुद्दा स-प्रमाण सहित काठमाडौं प्रहरी परिसर पुगेर मुद्दा दर्ता गर्ने बिषयमा प्रहरी नायब उपरीक्षक केसि आफू माथी खनिएको महिला अधिकारकर्मी योन्जन भनाइ छ । साइबर अपराध मुद्दाका पिडक प्रहरी जवान भएकोले उस्को बचाउको गर्दै मुद्दा दर्ता नगरी प्रहरीले नै न्याय र आफ्नो ज्यु ज्यानको सुरक्षा माग्न पुगेका पिडितलाई उल्टो पिडा दिने काम भएकोमा दुख लागेको बताउदै त्यस्ता प्रहरी कर्माचारी माथी कारवाही हुन पर्ने अधिकारकर्मी रमिला योन्जनले माग गरेको छिन ।

जनताको सेवामा बसेका प्रहरी कर्मचारीले यस्तो दुर्व्यवहार गर्ने हो भने पिडितहरु न्यायको लागि कहाँ जाने भनेर आक्रोश पोख्दै सामाजिक सन्जाल मेसेन्जरबाट महिलालाई ज्यान मार्ने धम्कि दिदै अस्लि शब्द प्रयोग गर्दै गाली गलौज गर्ने प्रहरी कर्मचारी बिरुद्द्को उजुरी दर्ता गरि तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउन पनि समबन्धी निकायलाइ अनुरोध गरेको छ । त्यस्ता अपराधी प्रहरी कर्मचारीको बचाउ गर्ने काम भएमा महिला अधिकारकर्मिहरु प्रहरी बिरुद्द उत्रन बाध्य हुने अधिकारकर्मी रमिला योन्जनले चेतावनी समेत दिएकी छिन ।

हामिले यस बिषयमा प्रहरी नायब उपरीक्षक राजकुमार केसि सङ्ग बुझ्दा सेवाग्राहि प्रती आफ्नो कुनै गलत नियत भएको र पिडित पक्षले आफुले दिएको उचित सल्लाह बुझ्नमा गल्ती भएको बताउनु भयो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome