शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

भेरी अस्पतालका लेखा अधिकृतसहित १५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

२३ आश्विन, २०७७ ०८:४५ मा प्रकाशित

275 पटक पढिएको

commission for the investigation of abuse of authority ciaa nepal

काठमाडौं – भेरी अस्पताल नेपालगन्जका लेखा अधिकृत माधव प्रसाद आचार्यसहित १५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अपरेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेमबहादुर खत्रीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुको योजना र मिलेमतोमा आर्थिक वर्ष ०७६/०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलबाट १९ लाख १३ हजार बराबरको नगद र जिन्सी रिसवत एवं कमिशन लिइ भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

भेरी अस्पतालकम कम्प्यूटर अपरेटर खनालले विभिन्न फर्म तथा पसलेबाट लिएको कमिशन वापतको रकम र चेकसमेत १६ लाख १३ हजार स्रोत नखुलेको नगद रकमसहित कार्यकक्षमा पक्राउ गरेका थिए । खनालको पक्राउ गरेपछि अनुसन्धान हुँदा लेखा अधिकृत आचार्यसहित १५ जना नै भ्रष्टाचार संलग्न देखिएपछि मुद्दा दायर गरिएको उनले बताए ।

अस्तपालका चार कर्मचारीविरुद्ध साढे दुई वर्षदेखि चार वर्षको कैद सजाय तथा बरामद नगद १६ लाख १३ हजार ९ सय ७५ , बरामदी मुचुल्का तथा निवेदनसाथ दाखिला भएका १ लाख ६६ हजार ५ सय मूल्यका तीन मोबाइल थान समेत भ्रष्टाचार निवारण ऐन बमोजिम जफत हुन र अपुग बिगो १ लाख ३२ हजार ५९५ रुपैयाँ असुल गरी जफत हुन समेत मागदाबी गरिएको छ । अस्पतालका कर्मचारीलाई घुस कमिसनदेखि ११ वटा फर्म तथा पसलका सञ्चालकविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अख्तियारले घुस तथा कमिसन दिने नेपाल स्टोर नेपालगञ्जका संचालक/ व्यवस्थापन साहिद हुसैन हलवाई (२० हजार विगो) , लुम्बिनी स्टेसनरी नेपालगञ्जका संचालक/व्यवस्थापन पुर्णिमा भण्डारी (४५ हजार विगो), कमला ईन्टरनेशनल तथा कृष्णा ईन्टरनेशनल नेपालगंजका संचालकर व्यवस्थापन दिपेन्द्र अग्रवाल (३६ हजार विगो), श्री हनुमत स्टेसनरी एण्ड अडरसप्लायर्स नेपालगञ्जका संचालक/व्यवस्थापन राजेन्द्र कुमार सोनी ( ९९ हजार ६ सय), ईन्फोसिस बाँके खजुराका संचालक/व्यवस्थापन सुदिप रिजाल (६० हजार), रोशनी स्टिल फर्निचर उद्योग नेपालगञ्जका संचालक/व्यवस्थापन ईजामुद्दिन खाँ (६० हजार), रुवी ईलेक्ट्रिकल सप्लायर्स नेपालगञ्जका संचालक/व्यवस्थापन अब्दुल अली अन्सारी (५६ हजार), अम्बे फर्निसिङ्ग गार्डेन नेपालगञ्ज संचालक/व्यवस्थापन पंकज कुमार श्रेष्ठ (६१ हजार), बागेश्वरी विज्ञापन सेवा नेपालगञ्जका संचालकर व्यवस्थापन ज्ञान बहादुर वली ( ९६ हजार),न्यु निजाम स्टोर नेपालगञ्ज संचालकर व्यवस्थापन कमालुद्दिन मुकेरी (१ लाख ६१ हजार ५ सय), ओसियन ईन्टरनेश्नल तथा पश्चिमान्चल डिस्ट्रिब्यूटर नेपालगञ्जका संचालक/व्यवस्थापन अबनिश कुमार अग्रवाल (१ लाख १८ हजार ६ सय) विरुद्ध मुद्दा चलाएको छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन समेत मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome