बुधबार, २१ श्रावण २०७७
बुधबार, २१ श्रावण २०७७

IT Training Nepal

बैतडीबाट छोरी बलात्कार गर्ने बावु र आमा बलात्कार गर्ने छोरा पक्राउ

३१ असार, २०७७ १४:५५ मा प्रकाशित

802 Views पटक पढिएको

rape illustration

बैतडी, ३१ असार : बैतडीमा बुवाले आफ्नै छोरी र छोराले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ की ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवा पक्राउ परेका छन् । मंगलबार जबरजस्ती गर्न खोज्दा भागेकी छोरीलाई गाउँलेले सोधपुछ गर्दा पटकपटक बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए।

उनले बालिकाको शरीरमा पनि निलडाम भएको पाइएको र बेलाबेलामा कराउने र भागेर छिमेकीको शरणमा आउने गरेकाले बुवाले पटकपटक बलात्कार गरेको खुल्न आएको हो। ती बालिकाकी आमाको यसअघि नै मृत्यु भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । उनले भने, ‘श्रीमतीको मृत्यु भइसकेपछि छोरीलाई मादकपदार्थ सेवन गरी पटकपटक जबरजस्ती गर्ने गरेको रहेछ, मंगलबार पनि जबरजस्ती गर्न खोज्दा छोरी भागेको र सोधपुछ गर्दा बलात्कार गरेको खुल्न आएकाले प्रहरीलाई बुझाएका हौं।’

पक्राउ परेका ती व्यक्तिलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा ल्याइदै गरेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

यस्तै जिल्लाको पुर्चौडी नगरपालिका १० मा आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ३२ वर्षीय छोराले ६१ वर्षीय आमालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार घरमै जबरजस्तीकरणी गरिरहेको भन्ने थाहा पाएपछि वडाअध्यक्षले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा आमालाई जबरजस्तीकरणी गरी नुवान नामक विषादी सेवन गरेको अवस्थामा ती युवक फेला परेको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जैसीले बताए ।

आमालाई बलात्कार गरी विषादी सेवन गरेका छोरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको र उनको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome