शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

काठमाडौंमा ७ जनासहित थप ११६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १७१,७७ पुग्यो, ३९ मृत

३१ असार, २०७७ १७:२८ मा प्रकाशित

383 पटक पढिएको

corona positive

काठमाडौं, ३१ असार : काठमाडौंमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्

बुधबार थप ११६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ सय ९७ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या ११ हजार २५ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९० जनाको पीसीआर नमुना परीक्षण भएका छन् ।क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार ५ सय २७ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ६ हजार १ सय १३ जनाको उपचार भइराखेको छ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार बुधबार रौतहटका एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको हो।

रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षीय पुरुषको बुधबार दिउँसो २ : ३० बजे निधन भएको मन्त्रालयले जनाएको छ। असार २४ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका उनलाई ज्वरो आएपछि असार २९ गते अस्पताल भर्ना गरिएको थियो।

असार ३० गते उनमा कोरोना भएको पुष्टि भएको थियो। नारायणी अस्पतालको आइसीयूमा उनको बुधबार निधन भएको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome