बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

६ खेलबाट १० अंक बटुल्दै दिल्ली शिर्ष स्थानमा

२४ आश्विन, २०७७ ०७:१२ मा प्रकाशित

467 पटक पढिएको

delhi capitals in ipl 2020

काठमाडौं – युएईमा जारी ईन्डियन प्रीमियर लिग (आईपिएल) २०२० मा हिजो राती भएको खेलमा दिल्लीले राजस्थानलाई ४६ रनले पराजित गरेको छ ।

टस जितेर पहिले बलिङ रोजेको राजस्थान रोयल्सले पहिलो ९.२ ओभरमा ७९ रन मात्र खर्च गर्दै दिल्लीको ४ विकेट गिराएपनी शीम्रन हेटमायरको उत्कृष्ट ब्याटिङको मद्दतले दिल्ली १८४ रनको योगफल बनाउन सफल भयो ।

दिल्लीका लागी पृथ्वीले १० बलमा १९ रन बनाए भने शीम्रनले २४ बलमा ४५ बनाए । यस्तै अक्षर पटेलले ८ रनमा १७ रन बनाए । राजस्थानका लागी आर्चरले ३ विकेट लिए भने त्यागी, एन्ड्रीउ र टेवटियाले एक एक विकेट लिए ।

जवाफमा राजस्थान १९४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १३८ मै सिमित भयो ।

राजस्थानका लागी जैसवाल, बट्लर, स्मिथ र टेवटियाले मात्र दोहोरो अंकको योगफल बनाउन सके । जैसवालाले ३६ बलमा ३४ रन बानाए भने बट्लरले ८ बलमा १३ रन बनाए । यस्तै स्मिथले १७ रनमा २४ रन बनाए भने टेवटियाले २९ बलमा ३८ रन बनाए ।

दिल्लीका लागी रबडाले ३ विकेट लिए भने आश्विन र स्टोइनिसले दुई दुई विकेट लिए । त्यसैगरी नोर्टज, हर्शल र अक्षर पटेलले एक एक विकेट लिए ।

जितसँगै दिल्ली ६ खेलबाट १० अंक बटुल्दै आईपिएल २०२० अंक तालिकाको शिर्ष स्थानमा छ भने मुम्बई ८ अंकसहित दोश्रो स्थानमा छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome