मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

उपत्यकामा २,६७२ सहित देशभर थप ५ हजार ८ जनामा कोरोना पुष्टि, हालसम्म ६१४ जनाको मृत्यु

२४ आश्विन, २०७७ १६:५२ मा प्रकाशित

751 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ सहित देशभर थप ५ हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंका २ हजार १ सय, ललितपुरका ३६९ र भक्तपुरका २०३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा एक लाख ५ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेका छन् भने होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome