आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

कोलकाताको रोमाञ्जक जित अनि धोनीलाई धक्का

२५ आश्विन, २०७७ ०७:१९ मा प्रकाशित

704 पटक पढिएको

rcb in ipl 2020

काठमाडौं – युएईमा जारी ईन्डियन प्रीमियर लिग (आईपिएल) २०२० मा हिजो भएको खेलमा किङ्ग्स इलाभेन पञ्जाबलाई २ रनले पछी पार्दै कोलकाता नाईट राइडर्सले रोमाञ्जक जित हात पारेको छ ।

पञ्जाबलाई १७ बलमा २१ रन चाहिएको थियो । हातमा ९ विकेट थियो । ईन्डियन प्रीमियर लिगमा सहज जितको कल्पना गरिहेको पञ्जाब एकाएक संकटमा मात्र परेन, कोलकाता किङ्स राइडर्ससँग २ रनले पराजित हुन पुगेको छ ।

१८ औं ओभरका दोस्रो बलमा निकोलर पुरन आउट भए । सुनिल नराइनले नयाँ ब्याट्सम्यानलाई जम्मा एक रन दिए । १९ औं ओभरमा ६ रन जोड्दा २ विकेट गुमाएको पञ्जाबका लागि अन्तिम ओभरमा १४ रन जोड्नुपर्ने भयो ।

कोलकाताले नराइनलाई बल थमायो । पहिलो बलमा २ रन दिएका म्याक्सवेलले दोस्रो बल डट खेले । तेस्रोमा चौका हाने । चौथो बलमा लेग बाइबाट एक रन पाएका पञ्जाबका मनदीप सिंह पाँचौं बलमा आउट हुनु पुगे । अन्तिम बलमा म्याक्सवेलले छक्का हान्न सकेको भए अझै पञ्जाबको जित सम्भव थियो ।

तर चौका मात्र हाने र कोलकाताले ५ विकेटको क्षतिमा १६२ रन मात्र बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

यसैगरी हिजै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरले चेन्नाई सुपर किङ्सलाई ३७ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको बेङ्लोरले २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रनको योगफल बनायो । बेङ्लोरका लागी कप्तान कोह्लीले ५२ बलमा ९० रन बनाए भने पड्डिकलले ३४ बलमा ३३ रन बनाएका थिए । चेन्नाईका लागी शर्दुल ठाकुरले २ विकेट लिए भने कुर्रान र चाहरले १-१ विकेट लिए ।

जावाफमा चेन्नाई २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १३२ रनमा सिमित भयो । चेन्नाईका लागी रायुडु र जगदीशनले ४२ र ३३ रन जोडेपनी अरु ब्याट्सम्यानले राम्रो रन जोड्न सकेनन् ।

बेङ्लोरका लागी मोरिसले ३ विकेट लिँदै जगदीशनलाई रन आउट गर्ने भ्याए भने सुन्दरले २ विकेट लिए । त्यसैगरी उडाना र चहलले १-१ विकेट लिए ।

आईपिएलमा आज सनराईजर्स हैदराबाद र राजस्थान रोयल्स अनि मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स बिच प्रतिष्पर्धा हुनेछ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome