बुधबार, १२ कार्तिक २०७७
बुधबार, १२ कार्तिक २०७७

IT Training Nepal

एक हप्तापछि विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिईने

२५ आश्विन, २०७७ ०७:४८ मा प्रकाशित

534 पटक पढिएको

ministry of culture tourism and civil aviation nepal

काठमाडौँ – नेपाल सरकारले आगामी अक्टोबर १७ अर्थात् अबको एक सातादेखि विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ संक्रमणको नेगेभिट रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई प्रवेश गर्न दिने भएको हो । प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका मन्त्रीहरुको बैठकपछि पर्यटन मन्त्रालयले यस्तो घोषणा गरेको हो । सरकारी अधिकारीहरुका अनुसार विदेशी पर्यटकले नेपाल भ्रमण गर्नुअघि पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ ।

सरकारले पर्यटकको कोभिड बिमा पनि मिनाहा गर्ने भएको छ । तर यस सम्बन्धी बिरामी भएको खण्डमा उनीहरुले उपचार खर्च आफैँ व्यहोर्नु पर्ने बताइएको छ । साथै पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पनि भिसा दिइनेछ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome