शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १,४१६ सहित देशभर थप २ हजार ७१ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

२५ आश्विन, २०७७ १६:४३ मा प्रकाशित

708 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय १६ जनासहित देशभर थप दुई हजार ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उपत्यकाभित्र काठमाडौंका ११ सय ४५, ललितपुरका ११० र भक्तपुरका १६१ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख सात हजार ७५५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेका छन् भने होम आइसोलेसनमा १७ हजार ६६६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६१६ जना रहेका छन्।

आइसीयूमा ३२९ र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ सय ५२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७५ हजार ८०४ पुगेको छ । यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ८ जनासहित देशभर थप २२ जनाको मृत्यु भएको छ । काठमाडौंमा एक महिलासहित चार पुरुष, ललितपुरमा एक पुरुष र भक्तपुरमा २ पुरुष गरी ८ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।

नेपालका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome