बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

राजस्वका कर्मचारीलाई घुस दिने उद्योगीविरुद्ध अख्तियारमा मुद्दा

२६ आश्विन, २०७७ ०७:११ मा प्रकाशित

399 पटक पढिएको

commission for the investigation of abuse of authority ciaa nepal

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महालक्ष्मी सुगर्स प्रालि कपिलवस्तु(हाल सर्लाही)का सञ्चालक अनिलकुमार झाविरुद्ध मुद्दा दायर गरेको छ।

व्यवसायी झाले राजस्वको कर्मचारीलाई प्रलोभनमा पारेर आफ्ना अवैध काम गराउने गरेका थिए।

राजश्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख राजस्व अनुसन्धान अधिकृत विजय रानालाई घुस दिएको आरोपमा चिनी व्यवसायी झाविरुद्ध मुद्दा दायर गरिएको हो।

अख्तियारले घुस दिने व्यवसायी झा र लिने राजस्व अधिकृत रानाविरुद्ध दुवै विशेष अदालतमा घुस मुद्दा दायर गरेको छ।

व्यवसायी झा र राजस्व अधिकृत रानाबीच घुस रकम लेनदेख गरिरहेको अवस्थामा नियन्त्रणमा लिइ अनुसन्धान गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जानकारी दिए।

राजस्व अधिकृत रानालाई राजस्व लगायतका विभिन्न कामकाजमा सहजीकरण गरिदिएवापत झाले दुई लाख घुस लिँदा लिँदै अख्तियारको फन्दामा परेका थिए।

त्यो रकम राजस्व अधिकृत चलाईराखेको बा २ झ १७६७ नम्बरको सरकारी प्लेटको टोयटा हाइलक्स गाडीमा लुकाई राखेको अवस्थामा बरामद गरिएको थियो।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन तथा उक्त बरामद रकमसमेत जफत हुन समेत मागदाबी लिइएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome