मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

कोरोना संक्रमण बढेकाले सतर्क रहौँ नत्र फेरि लकडाउन हुनसक्छ : मन्त्री ज्ञवाली

२६ आश्विन, २०७७ ०७:२० मा प्रकाशित

485 पटक पढिएको

minister pradeep gyawali

काठमाडौँ – पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहँदा सरकारले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लापरवाही नगर्न सबैलाई आग्रह गरेका हुन् । साथै सरकारका आग्रह नागरिक स्तरबाट अवज्ञा भएमा फेरि लकडाउन हुनसक्ने भन्दै सचेत गराएका छन् ।

चाडबाड निजकिँदै गर्दा यस्तो बेला संक्रमण झन् जटिल बन्नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि मन्त्री ज्ञवालीको आग्ह थियो । उनले बारम्बारको सरकारको अपिल पालना नभए कडा कदम चाल्नुपर्ने अवस्था आउने बताए ।

यस्तै काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखिन थालेको पनि उनको भनाइ थियो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

सानो लापरबाहीले गर्दा जीवनमा नै जोखिम आउन सक्ने भन्दै चाडबाडका बेला झन् संवेदनशील बन्न मन्त्री ज्ञवालीले आग्रह गरेका थिए । साथै संक्रमण नियन्त्रणका लागि बाँकेको नरैनापुर, उदयपुर र वीरगंज लगायत क्षेत्रका स्थानीय जनप्रतिनिधि र सरोकारवालाले खेलेको भुमिकालाई आत्मसाथ गर्न पनि उनको आग्रह थियो ।

पछिल्लो दुई दिनयता मात्रै सरकारका दुई जना मन्त्रीलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ । विज्ञहरुले भने काठमाडौँमा संक्रमित झन् बढ्नसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome