शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

फ्रेन्च ओपन फाइनल : विश्व नम्बर वान जोकोभिच नाडालसँग सोझो सेटमा पराजित

२६ आश्विन, २०७७ ०७:२६ मा प्रकाशित

532 पटक पढिएको

rafael nadal

काठमाडौं – स्पेनका टेनिस खेलाडी रफायल नाडालले फ्रेन्च ओपनमा नयाँ इतिहास रचेका छन् । फ्रेन्च ओपन टेनिसको फाइनलमा नम्बर वान खेलाडी नोभाक जोकोभिचलाई नाडालले सोझो सेटमा ६–०, ६–२ र ७–५ ले हराए ।

योसँगै नाडालले १३ औं पटक यो ट्रफी हात पारे । यो नाडालको २० औं ग्राण्डस्लाम उपाधि हो । यसको साथै नाडालले रोजर फेडेररसँग बराबरीसमेत गरे ।

म्याच जितेपछि नाडाल घुँटा टेकेर बसे र हात उठाए जितको खुसी मनाएका थिए । उपाधि जितेपछि नाडालले भने, ‘हामी दुई जना धेरै पटक प्रतिस्पर्धामा उत्रिएका छौं । एक दिन एउटाले र अर्को दिन अर्कोले जित्छ । आज मेरो दिन थियो । यो खेलको एक हिस्सा हो ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome