मंगलवार, ११ कार्तिक २०७७
मंगलवार, ११ कार्तिक २०७७

IT Training Nepal

दिल्लीलाई हराउँदै मुम्बई पुन: शिर्ष स्थानमा

२६ आश्विन, २०७७ ०७:४२ मा प्रकाशित

560 पटक पढिएको

mumbai indians in ipl

काठमाडौं – युएईमा जारी ईन्डियन प्रीमियर लिग (आईपिएल) २०२० मा हिजो भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बई इन्डियन्स अंक तालिकाको शिर्ष स्थानमा उक्लन सफल भएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रनको योगफल बनायो । दिल्लीका लागी शिखर धवनले ५२ बलमा सर्वाधिक ६९ रन बनाए भने कप्तान श्रेयस ऐयरले ३३ बलमा ४२ रन बनाए । अरु कुनै पनि ब्याट्सम्यान दिल्लीका बलरविरुद्ध मैदानमा टिक्न सकेनन् ।

मुम्बईका लागी क्रुनाल पाण्ड्याले २ विकेट लिए भने ट्रेन्ट बोउल्टले एक विकेट लिए । त्यसैगरी सुर्य कुमार यादवले स्टोइनिसलाई रन आउट गरे ।

जवाफमा मुम्बईले २ बल बाँकी छँदै ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हात पार्‍यो । मुम्बईका लागी क्विन्टन डी कक र सुर्य कुमार यादवले सर्वाधिक ५३ रन बनाए भने इशान किशनले २८ रन बनाए ।

दिल्लीका लागी रबडाले २ विकेट लिए भने अक्षर पटेल, आश्विन र स्टोइनिसले एक एक विकेट लिए ।

जितसँगै मुम्बई इन्डियन्स अंक तालिकाको शिर्ष स्थानमा उक्लन सफल भएको छ भने दिल्ली समान अंकका साथ दोश्रो स्थानमा छ ।

यसैगरी हिजै भएको अर्को खेलमा राजस्थान रोयल्सले सनराईजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनायो ।

हैदराबादका लागी मनिश पाण्डेले सर्वाधिक ५४ रन बनाए भने वार्नरले ४८ रन बनाए ।

राजस्थानका लागी आर्चर, त्यागी र उनडकतले एक एक विकेट लिए भने गर्ग रन आउट भएका थिए ।

जवाफमा राजस्थानले निर्धारित ओभरको एक बल बाँकी छँदै ५ विकेटको क्षतिमा १६३ रन बनाउँदै जित हात पार्‍यो । राजस्थानका लागी टेवटिया र परागले अविजित ४५ र ४२ रन बनाए भने स्यामसनले २६ रन जोडे ।

हैदराबादका लागी खलील अहमद र रशिद खानले दुई दुई विकेट लिए भने स्टीभ स्मिथ रन आउट भए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome