मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

चेक बाउन्सका फरार अभियुक्त पक्राउ

२७ आश्विन, २०७७ ०६:५४ मा प्रकाशित

632 पटक पढिएको

cheque bounce culprit

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी नायब उपरीक्षक उमेश लम्सालको टोलिले चेक बाउन्सका फरार अभियुक्तलाई गए राती चितवनबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्ला गोरखकाली गाउँपालिका ६ घर भई काठमाडौंको बसुन्धरा बस्दै आएका राजेश बाबु श्रेष्ठ रहेका छन् ।

काठमाडौंको कपन निवासी दीपा थपलियासँग राजेश बाबू श्रेष्ठले ब्यवसाय गर्न भन्दै ३४ लाख रुपैया सापट लिएर पैसा दिन नसकेपछि पैसा नभएको खाताको ३४ लाखको चेक पिडित थपलियालाई दिएर आफू सम्पर्क बिहिन भएका थिए ।

पिडितले राजेश बाबू श्रेष्ठ बिरुद्द महानगरिय प्रहरी परिसर काठमाडौंमा बैकिङ्ग कसुर मुद्दामा उजुरी दर्ता गराएकि थिईन् ।

मिति २०७७ साल जेष्ठ ३० गते राजेश बाबू श्रेष्ठ बिरुद्दको मुद्दामा उच्च अदालत पाटनका न्यायाधिश श्रीकान्त पौडेल र हरि प्रसाद भण्डारीको ईजलाशले पिडित दीपा थपलियाको पक्षमा फैसला गरेको थियो । बिगत केहि समय देखि अभियुक्त श्रेष्ठ काठमाडौंको र चितवनको बिभिन्न स्थानमा लुकिछिपी बस्दै आएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

चितवनबाट पक्राउ गरिएका श्रेष्ठलाई आजै काठमाडौं ल्याएर उच्च अदालत पाटनमा बुझाईने पनि केन्द्रीय अनुशन्धान ब्युरोले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome