शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

जग्गा किन्ने बहानामा लुटपाटपछि हत्या, तीन पक्राउ

२७ आश्विन, २०७७ १५:२३ मा प्रकाशित

488 पटक पढिएको

three cons

भक्तपुर – जग्गा किन्ने बाहनामा लुटपाटपछि हत्या गरी फरार भएका तीन जना महानगरीय अपराधमहाशाखाले प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका लेखर्क घर भैइ हाल काठमाडौको थली बस्दै आएका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोक जिल्ला चैतारा बतासे नगरपालिका २ घर भैइ काठमाडौ बौद्द ७ बस्ने २८ वर्षीय रमेश तामाङ र रामेछप जिल्लाधोबी गाउपालिका ५ घर भैइ काठमाडौ ७ बौद्द बस्ने ३० वर्षीय प्रेम तामाङ रहेका छन ।

उनीहरूले गत बुधबार २१ गते दिउँसो चाँगुनारायण नगरपालिका–८ सुँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनमाथि मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

कुटपिट पछि उनीहरूले सुनको ब्रासलेट तथा मोबाइल समेत लुटेर भागेको महाशाखाले जनाएको छ । कुटपिटपछि गम्भीर घाइते भएका योन्जनको उपचारको क्रममा बिहीबार बिहान काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिनु भयो।

योजनाकार शेर्पा भन्ने कामी लामाले मृतक चन्द्र बहादुर योन्जनलाइ जग्गा खरिद गर्न १६ लाख रुपैया बैना बापत दिएको र धेरै दिन सम्म पनि जग्गा पास गरेर नदिएकोले ध्म्याउने उदेश्यले जग्गा हेर्ने बहाना बनाइ कामी लामाले रमेश तामाङ्ग र प्रेम तामाङ्गलाइ चन्द्र बहादुर योन्जनको घरमा पठाएको थियो ।जग्गा हेर्न भन्दै योजना मुताबिक चारै जना चागुनारायण नगरपालिका फिडिल फाट स्थित रहेको धान खेतमा पुगे पछि बैना बापत दिएको १६ लाख रकम फिर्ता मगेका थिए ।

रकम दिन आनाकानी गरेको हुँदा शेर्पाले चन्द्र बहादुर योञ्जनलाई कुटपिट गरेका थिए । अप्रेशन रक्स मार्फत गरिएको अनुसन्धानबाट तीन जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

योजना अनुसार रमेश र प्रेम बा ९६ प ७११४ नम्बरको मोटरसाइकलमा गत बुधबार भक्तपुरको सुडाल गएका थिए । मृतकको साथमा भएको दुई तोला दुई लालको सुन तथा मोबाइल लुटेर फरार भएको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ । प्रहरिले उनिहरुको साथ बाट एउटा मोटर साइकल एक थान पासपोर्ट गालेको १ तोला २ लाल सुन ५४ हजार ६ सय नगद रुपैया र केहि थान मोबाइल पनि बरामद गरेको छ ।

उनीहरूलाई अहिले प्रहरीले पक्राउ गरी थप अनुसन्धानको लागि महानगरिय प्रहरी बृत जगाती पठाएको छ ।

press release
three cons full
phones seized

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome