बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा २,१२९ सहित देशभर थप ३,५५६ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

२७ आश्विन, २०७७ १७:०२ मा प्रकाशित

585 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१ सय २९ सहित देशभर थप ३५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र २१ सय २९ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये काठमाडौंमा मात्र १७ सय ४६ जना रहेका छन्। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ।

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना रहेका छन् भने होम आइसोलेशनमा २० हजार आठ सय ६७ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ७९५ जना रहेका छन्।

मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०७ र भेन्टिलेटरमा ६६ जना बिरामी रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १५०३ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ। यो कुल संक्रमितको ६८ दशमलव ३ प्रतिशत हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome