सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

नेकपा कर्णालीको सचेतकमा कुर्मराज शाही नियुक्त

२७ आश्विन, २०७७ १७:१० मा प्रकाशित

282 पटक पढिएको

kurmaraj shahi

कपिल अधिकारी

बुटवल – मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभादलको सचेतक पदमा नेपाल समूहका कुर्मराज शाहीलाई नियुक्त गरेका छन् । मंगलबार माधव नेपाल पक्षबीच भएको सहमति अनुसार शाही सचेतकमा नियुक्त भएका हुन् ।

आइतबार १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा ने‍कपाभित्रको विवाद उत्कर्षमा छ । मुख्यमन्त्रीले शाहीले माधव नेपाल पक्षलाई साथमा लिएर अगाडि बढ्ने मंगलबार गोप्य सहमति गरेका छन् । नेपाल समूहका नेतालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, दलको सचेतक र उपसभामुख दिने सहमति भएको छ ।

सहमतिअनुसार शाहीले नेपाल पक्षका शाहीलाई सचेतकमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीले सोमबार मात्रै प्रमुख सचेतक परिवर्तन गरेका थिए । मुख्यमन्त्री शाहीले गुलावजंग शाहको स्थानमा प्रदेशसभा सदस्य सीता नेपालीलाई प्रमुख सचेक नियुक्त गरेका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome