मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

आफ्नै श्रीमतीमाथी जबरजस्ती करणीको आरोपमा जेल चलान

२७ आश्विन, २०७७ १८:२० मा प्रकाशित

961 पटक पढिएको

domestic violence culprit

काठमाडौं – आफ्नै श्रीमतीमाथी जबरजस्ती करणी गरेको आरोपमा सुनसरी रामधुनी १ का आशिष प्याकुरेललाई आज ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

आफ्नै श्रीमतीले आशिषमाथी जबरजस्ती करणीको उजुरी हालेपछि महानगरिय प्रहरी बृत सातदोबाटो प्रहरीले असोज ९ गते बेलुकि टेकु स्थित निजले सन्चालन गरेको लाइफलाइन सर्जिकल सप्लायर्स कार्यालयबाट पक्राउ गरेको हो ।

पिडित महिलाले गत असोज २ गते महानगरीय प्रहरी बृत सातदोबाटोमा श्रीमान आशिष प्याकुरेल बिरुद्द जबरजस्ती करणिको जाहेरि दर्ता गराएकी थिइन् ।असोज २७ गते मङ्गलबार ललितपुर जिल्ला अदालतमा भएको बन्द इजलासको बहसमा जिल्ला न्यायाधिश शिव बहादुर रानाभाटको एकल इजलाशले बलत्कार आरोपी आशिष प्याकुरेललाइ पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो।

इटहरी २ की पीडित युवतिले ४ बर्ष अगाडि रामधुनी १ का आशिष प्याकुरेलसँग घरपरिवार कै सल्लाहमा प्रेम विवाह गरेकी थिइन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome