शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप १६७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७,३४४ पुग्यो

१ श्रावण, २०७७ १८:४२ मा प्रकाशित

618 पटक पढिएको

corona positive

काठमाडौं, ०१ श्रावण : पछिल्लो २४ घण्टामा नेपालमा १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप १६७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१३ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार दुई सय ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा चार हजार नौ सय ८१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो। अहिले क्वारेन्टाइनमा २३ हजार पाँच सय रहेका छन्। आइसोलेसनमा ६ हजार ५६ जनाको उपचार भइराखेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome