शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

मेयरमा कोराना देखिएपछि बर्दघाट नगरपालिका सिल

२८ आश्विन, २०७७ ०८:११ मा प्रकाशित

527 पटक पढिएको

bardaghat municipality parasi

परासी – मेयरलाई कोराना संक्रमण देखिएपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका सिल गरिएको छ।

सामान्य लक्षण देखिएपछि नगर प्रमुख धीरज शर्मा बस्यालले कोरोना परीक्षण गराउँदा पोजिटिभ देखिएको थियो। नगर प्रमुखलाई संक्रमण देखिएपछि मंगलबारदेखि नगरपालिकाका सबै सेवा बन्द गरिएको सूचना अधिकारी पुष्कर काफ्लेले जानकारी दिए।

नगरपालिकाका केही कर्मचारीमा पनि सामान्य लक्षण देखिएको छ। ‘मेयर साहेबलाई संक्रमण देखिएपछि सबै कर्मचारीको परीक्षण गरिने र परीक्षण रिपोर्ट नआउने बेलासम्म कार्यालयका सबै सेवा बन्द गरिएको छ। वडा कार्यालयहरुको काम भने सुचारु छ’, काफ्लेले भने। संक्रमित नगर प्रमुख बस्यालको अवस्था सामान्य छ। उनी होम आइसोलेसनमा छन्।

त्यसैगरी पश्चिम नवलपरासीमा पहिलो पटक पत्रकारमा कोरोना संक्रमण देखिएको छ। बर्दघाट नगरपालिका-४ का पत्रकार प्रमोद आर्याललाई संक्रमण भएको हो। अर्याल बुटवलबाट प्रकाशित एक दैनिक पत्रिकाका संवाददाता हुन्। सामान्य लक्षण देखिएका अर्याल होम आइसोलेसनमा छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome