मंगलवार, ११ कार्तिक २०७७
मंगलवार, ११ कार्तिक २०७७

IT Training Nepal

चेन्नाईको तेस्रो जितसँगै प्लेअफको दौड रोमाञ्चक बन्दै

२८ आश्विन, २०७७ ०८:३० मा प्रकाशित

508 पटक पढिएको

ravindra jadeja

काठमाडौं – युएईमा जारी इनिडयन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा तेस्रो जित हात पारेको छ । दुबईमा मंगलबार भएको खेलमा महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाईले रविन्द्र जडेजाको अलराउन्ड प्रदर्शनमा सनराइजर्स हैदराबादलाई २० रनले हरायो । हैदरावादको यो पाँचौं हार हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो। जवाफमा १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रनमात्र बनाउन सक्यो।

हैदरावादका लागि केन विलियम्सनले ५७ रन बनाए पनि जित दिलाउन सकेनन् । त्यस्तै ओपनर जोनी बेयर्स्टोले २३ तथा प्रियम गार्गले १६ रन जोडे। अन्य ब्याट्समेन भने चल्न सकेनन्।

चेन्नाइका लागि ड्वेन ब्राभो र कर्ण शर्माले दुई–दुई विकेट लिए । साम कुरान, रविन्द्र जडेजा र शार्दुल ठाकुरले एक–एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको चेन्नईका शेन वाट्सनले ४२ रन जोडेका थिए भने अम्बाती रयदुले ४१ रन बनाएका थिए। त्यस्तै जडेजाले २५ रन जोडेका थिए।

हैदराबादका लागि सन्दीप शर्माले २ विकेट लिए। त्यस्तै खलिल अहमद र टी नटराजनले समान २-२ विकेट हात पारे।

जितसँगै चेन्नाई अंक तालिकाको छैटौं नम्बरमा पुगेको छ र प्लेअफको दौड रोमाञ्चक बनेको छ ।

चेन्नाई, हैदरावाद र राजस्थान रोयल्सको समान ६–६ अंक भएको छ । रन रेटका आधारमा हैदरावाद पाँचौं र राजस्थान सातौं स्थानमा छन् । चौथो नम्बरमा रहेको कोलकाता नाइट राइडर्सको आठ अंक छ । हैदरावाद र चेन्नाईले बाँकी टिमसँग एक–एक म्याच बढी खेलेका छन् । यी दुवै टिमले आठ खेल खेलिसकेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome