मंगलवार, ११ कार्तिक २०७७
मंगलवार, ११ कार्तिक २०७७

IT Training Nepal

उपत्यकामा १,४०३ सहित देशभर थप २,६३८ जनामा कोरोना पुष्टि, हालसम्म ६७५ जनाको मृत्यु

२८ आश्विन, २०७७ १६:४६ मा प्रकाशित

182 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ३ सहित देशभर थप २६ सय ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ९९६ , ललितपुरमा १०२ र भक्तपुरमा ३०५ जना गरी १४ सय ३ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेशनमा २१ हजार ५६८ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ६६६ जना छन्।

मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०५ र भेन्टिलेटरमा ७० बिरामी रहेका छन् ।

पछिल्लो २४ घण्टामा २१ सय ७४ जना कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८० हजार ९५४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome