बुधबार, १२ कार्तिक २०७७
बुधबार, १२ कार्तिक २०७७

IT Training Nepal

आईपीएलमा दिल्लीको अर्को जीत

२९ आश्विन, २०७७ ०७:०५ मा प्रकाशित

510 पटक पढिएको

delhi capitals in ipl 2020

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२० अन्तर्गत हिजो राती भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा राजस्थानसामु १६२ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङमा राजस्थानले ८ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो ।

राजस्थानका लागी ओपनरद्वय जोस बटलर र बेन स्टोक्सले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरे । त्यसपछि आएका कप्तान स्टिभ स्मिथ एक रनमा क्याचआउट भए । सन्जु स्यामसन र बेन स्टोक्स मिलेर १०.३ ओभरमा स्कोर ८६ रनसम्म पुर्याएर बेन स्टोक्स तुसार पाण्डेको बलमा क्याचआउट भए । सन्ज स्यामसन १८ बलमा २५ रन बनाएर आउट भए । उनलाई अक्षर पटेलले बोल्ड गरे । रियान पराग पनि अक्षर पटेलको बलमा रन आउट भए ।

दिल्लीलाई ठूलो सफलता रोबिन उथप्पालाई आउट गरेपछि मिल्यो । एनरिक नोर्कियले उथप्पालाई बोल्ड गरे । उथप्पा २७ बलमा ३२ रन बनाएर पेभेलियन फर्किए ।

अन्तिम ओभरमा राजस्थानलाई जितका लागि २२ रन आवश्यक थियो । तर युवा बलर तुषार देशपाण्डेले केबल ८ रन दिए र श्रेयस गोपालको पनि विकेट लिए । राहुल तेबतिया १४ रनमा नटआउट रहे ।

दिल्लीका तुषार र एनरिक नोर्टले २-२ विकेट लिए ।

यसअघि दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका थिए । दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले अर्धशतक पूरा गरे । उनले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन योगदान गरे । कप्तान श्रेयस अय्यरले पनि ४३ बलमा ३ चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाए ।

पृथ्वी शा शून्य रनमा र अजिक्य रहाणे २ रनमा आउट भएको बेला धवन र अय्यरले ब्याटिङ सम्हालेका थिए ।

राजस्थानका लागी बलिङतर्फ जोफ्रा आर्चरले ३ विकेट लिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome