मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

खनदह स्वास्थय चौकि १५ शैयाको अस्पताल बन्दै

२९ आश्विन, २०७७ ०७:१४ मा प्रकाशित

251 पटक पढिएको

khandaha health post

कपिल शर्मा अधिकारी

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका वडा नं ३ मा रहेको खनदह स्वास्थ्य चौकि स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण हुने भएको छ ।

अस्पताल निर्माणको लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट चालु आर्थिक बर्ष २०७७/७८ को लागी १ करोड ४४ लाख रकम गाउँपालिकामा आईसकेको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनुभयो । मालारानी ३ मा १५ शैयाको अस्पताल निर्माण गर्नको लागी मालारानी गाउँ कार्यपालिकाको बैठकले निर्णय गरी संघिय सरकारमा माग गर्ने निर्णय गरेअनुसार बजेट विनियोजन भएको पालिका अध्यक्ष आचार्यले बताउनुभयो ।

मालारानी गाउँपालिका वडा नं ३ खनदह स्वास्थ्य चौकिमा अर्घाखाँचीका मात्र नभई गुल्मीको धुर्कोट गाउँपालिकाका सेवाग्राहीहरु आउने गरेका छन् । स्वास्थ्य चौकि १५ शैयाको अस्पताल बन्ने भएपछि मालारानीवासी खुसी भएका छन् ।

पालिकाले यसै आर्थिक बर्षमा नै प्रमुख प्रशासकिय भवन पनि मालारानी ३ को ढुगांडे भन्न स्थानमा निर्माण गर्नको लागी टेण्डर आह्वान गरेको छ । यस्तै मालारानी ४ को गुफा भन्ने स्थानमा सभाहल , भेटनरी अस्पताल निर्माण समेत सम्पन्न हुने चरणमा पुगेका छन् ।

जनप्रतिनिधी निर्वाचित हुदाँको समयमा स्कुलको भवनमा सपथ खाएका जनप्रतिनिधीहरु ३ बर्षको अवधीमा संरचना निर्माणको अन्तिम चरणमा पुगेका छन् । मालारानी गाउँपालिका ८ वटै वडा अहिले आफनै भवनबाट सेवा दिन सुरु गरेका छन् । मालारानी गाउँपालिकाको २ नम्बर वडा निर्माणको लागी बजेट विनियोजन भए पनि जग्गा विवादले सम्पन्न हुन सकेको छैन ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome