आईतवार, ६ असार २०७८
आईतवार, ६ असार २०७८

IT Training Nepal

उपत्यकामा १,९३४ सहित देशभर थप ३,७४९ जनामा कोरोना पुष्टी, १९ जनाको मृत्यु

२९ आश्विन, २०७७ १६:४३ मा प्रकाशित

737 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९ सय ३४ सहित देशभर थप ३७ सय ४९ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। काठमाडौंमा १६ सय ९२, भक्तपुरमा १३४ र ललितपुरकामा १०८ गरी उपत्यकामा १९ सय ३४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

देशभर ३६ हजार ५३३ कोरोनाका सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार १९४ छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५३४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ६९४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome