बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

सरकारी सूचना अब एकद्वार प्रणालीबाट

२९ आश्विन, २०७७ १६:५२ मा प्रकाशित

270 पटक पढिएको

parvat gurung

काठमाडौं – नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले सबै मन्त्रालयको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने बताएका छन्।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै गुरुङले सरकारले कुनै पनि सूचना नलुकाउने र एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताएका हुन्। उनले भने , ‘कुनै पनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य हुनेछ। अब एकद्वार प्रणालीबाट सरकारका सूचना संप्रेषण गरिनेछ।

मन्त्री गुरुङले आफूले संचार बुझेको छैन भनेर कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफुले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने बताए। उनले भने, ‘यो मन्त्रीले सञ्चार क्षेत्र बुझेको छैन भन्ने ठान्नु भयो भने त्यो बुझाई गलत हुनेछ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनरगठन गरेपछि महिला तथा समाजिक मन्त्री रहनुभएका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेबारी पाएका हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome