मंगलवार, ११ कार्तिक २०७७
मंगलवार, ११ कार्तिक २०७७

IT Training Nepal

बैंग्लोरविरुद्ध पन्जाबको रोमाञ्चक जित

३० आश्विन, २०७७ ०७:५७ मा प्रकाशित

482 पटक पढिएको

kxip in ipl 2020

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२० अन्तर्गत हिजो राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध किंग्स इलाभेन पन्जाबले ८ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

शारजहाँ क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दिएको १७२ रनको लक्ष्य पन्जाबले २ विकेट गुमाउँदै २० औं ओभरको अन्तिम बलमा छक्का प्रहार गरेर पूरा गर्‍यो ।

पन्जाबको जितमा ओपनर के.एल. राहुलले नटआउट ६१ रन बनाए । ४९ बल सामना गरेका उनले १ चौका र ५ छक्का प्रहार गर्दै उनी म्यान अफ द म्याच समेत भए ।

यसैगरी २५ बल सामना गरेका मायांक अग्रवालले ४ चौका र ३ छक्काको मद्दतमा ४५ रन बनाए । क्रिस गेलले ५३ रन योगदान दिए । ४५ बलमा उनले एक चौका र पाँच छक्का प्रहार गरे । केएल राहुल र गेलले ९३ रन साझेदारी गरेका थिए ।

पन्जाबलाई जितका लागि अन्तिम ओभरमा २ रन मात्र चाहिएको थियो । तर पनि खेल अन्तिम बलसम्म पुग्यो । २० औं ओभरको अन्तिम बलमा निकोलस पुरनले छक्का प्रहार गर्दै पन्जाबलाई जित दिलाए ।

बैंग्लोरका लागी ३ ओभरमा ४४ रन खर्चेर एउटा पनि विकेट लिन नसकेका मोहम्मद सिराज महँगा बलर सावित भए ।

कप्तान बिराट कोहली बैंग्लोरका टप स्कोरर रहे । उनले ३९ बलमा ४८ रन बनाए । आरोन फिन्च २० रनमा आउट भए । क्रिस मोरिसले ८ बलमा नटआउट २५ रन बनाए ।

पन्जाबका लागी मोहम्मद सामी र मुरुगान आश्विनले २–२ विकेट लिए भने अर्शदिप सिंह र कृस जोर्डनले १-१ विकेट लिएका थिए ।

८ खेलमा ३ खेल हारेको बेङ्लोर अंक तालिकाको तेश्रो स्थानमा छ भने पञ्जाब अन्तिम स्थानमा छ । अंक तालिकाको शिर्ष स्थानमा हालका लागी दिल्ली छ तर आज हुने खेलमा कोल्काता विरुद्ध मुम्बईले जित हासिल गरे दोश्रो स्थानमा रहेको मुम्बई ईण्डियन्स शिर्ष स्थानमा उक्लनेछ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome