मंगलवार, ११ कार्तिक २०७७
मंगलवार, ११ कार्तिक २०७७

IT Training Nepal

जोन सिनाले गरे इरानी युवती शारियातजादेसँग विवाह

३० आश्विन, २०७७ १५:०६ मा प्रकाशित

650 पटक पढिएको

john cena and shay shariatzadeh

वासिङटन – विश्वचर्चित रेस्लर तथा डब्लूडब्लूईका च्याम्पियन जोन सिनाले शेय शारियातजादेसँग विवाह गरेका छन् ।

शेयसँग उनी केही वर्षदेखि प्रेममा थिए । गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका उनीहरुले यही अक्टोबर १२ मा फ्लोरिडामा विवाह गरेका हुन् । यद्यपि विवाह समारोहबारे विस्तृतमा जानकारी गराइएको छैन । जोनले भने विवाह सम्पन्न भएपछि सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका छन् ।

अभिनेता समेत बनेका ४३ वर्षीय सिना यसअघि २००९ देखि २०१२ सम्म एलिजाबेथ हुबर्देउसँग वैवाहिक सम्बन्धमा थिए । र त्यसपछि ६ वर्षसम्म अर्थात् २०१८ सम्म सेलिब्रिटी निकी बेलासँग सम्बन्धमा थिए । तर निकी बेलासँग उनको परम्परागत वैवाहिक सम्बन्ध रहेन । सिना र निकीले इंगेजमेन्ट भने गरेको र सम्बन्ध बिच्छेद पनि भएको बताइन्छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार जोन सिनासँग हालै विवाह गरेकी शारियातजादे इरानी मूलकी क्यानेडियन युवती हुन् । गत अप्रिलमा मात्रै उनले युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अन्तर्गत इन्जिनियरिङको डिग्री सर्टिफिकेट लिएकी थिइन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome