बुधबार, १२ कार्तिक २०७७
बुधबार, १२ कार्तिक २०७७

IT Training Nepal

उपत्यकामा २,४०२ सहित देशभर थप ४,३९२ जनामा कोरोना पुष्टी, ३,५२२ डिस्चार्ज

३० आश्विन, २०७७ १६:३३ मा प्रकाशित

559 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२ सहित देशभर थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ। काठमाडौंमा १ हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरकामा ३७४ गरी उपत्यकामा २,४०२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

देशभर ३७ हजार ३८२ कोरोनाका सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना रहेका छन् भने होम आइसोलेसनमा २५ हजार ४६ छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५२२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

३१५ जना आईसियुमा उपचारारत छन् भने भेन्टिलेटरमा ७७ जना छन् ।

मोरङ, सुन्सरी, मकवानपुर, सुर्खेत, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, दाङ, बाँके र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ७१५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome