मंगलवार, ११ कार्तिक २०७७
मंगलवार, ११ कार्तिक २०७७

IT Training Nepal

कोलकाताविरुद्ध ८ विकेटको सहज जितसँगै मुम्बई शिर्ष स्थानमा

१ कार्तिक, २०७७ ०७:४६ मा प्रकाशित

307 पटक पढिएको

mumbai indians in ipl

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२० अन्तर्गत हिजो राती भएको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आफ्नो दबदबा कायम राख्दै कोलकाता नाइट राइडर्सविरुद्ध ८ विकेटको सहज जित हात पारेको छ ।

अबुधाबीको शिख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्दै कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मुम्बई सामु १४९ रनको विजय लक्ष्य पेश गरेको थियो । मुम्बईले सो लक्ष्य १६.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

कोलकाताको लागि कमिन्सले नटआउट ५३ रन बनाए । दिनेश कार्तिकले कप्तान छाडेपछि टिमको नेतृत्व गरेका ईओईन मोर्गनले ३९ रन बनाए । ओपनर राहुल त्रिपाठी ७ रनमा आउट भए । यस्तै शुभम गिलले २१ रन बनाए । नितिश राना ५ रनमा आउट भए । दिनेश कार्तिकले ४ रनमात्र बनाउन सके । यान्ड्रे रसेलले १२ रन बनाए ।

मुम्बईका लागी राहुल चहरले २ विकेट लिए भने बोउल्ट, नाईल र बुमराहले एक एक विकेट लिए ।

मुम्बईको जितमा क्विन्टन डि ककले नटआउट ७८ रन बनाए । यस्तै रोहित शर्माले ३५, सूर्यकुमार यादवले १० र हार्दिक पाण्ड्याले नटआउट २१ रन बनाए ।

कोलकाताको लागि वरुण चक्रवर्ती र शिवम माभीले १–१ विकेट लिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome