शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

तलब भत्ता नकाट्न निजी स्वास्थ्य संस्थाका चिकित्सक र नर्सहरुको माग

२३ असार, २०७७ ०२:१४ मा प्रकाशित

713 पटक पढिएको

private health workers

विराटनगर, २२ असार : निजी स्वास्थ्य संस्थाका चिकित्सक र नर्सले बेतलबी बिदा स्वीकार नगर्ने बताएका छन्। उनीहरुले बेतलबी बिदा दिंदा जिविकोपार्जन गर्न समस्या भएको भन्दै तलब भत्ता नकाट्न माग गरेका हुन्।

विराटनगरमा सोमबार नेपाल चिकित्सक संघ कोशी शाखा र नेपाल नर्सिङ्ग संघ मोरङ शाखाले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर स्वास्थ्य संस्थाले चिकित्सक तथा नर्सलाई बेतलबी बिदा बस्न बाध्य गराइरहेकाले स्वीकार गर्न नसकिने बताएका हुन्। उनीहरुले अस्पतालहरु वर्तमान अवस्थामा पूर्ववत रुपमा सञ्चालन भइरहेको भन्दै तलब भत्ता काटेर चिकित्सक र नर्सको मनोबल घटाउने काम स्वीकार नगर्ने उल्लेख गरे।

बिरामीसँग सबभन्दा पहिले सम्पर्कमा आउने नर्स र चिकित्सकको पीसीआर परीक्षण गर्नसमेत उनीहरुले माग गरेका छन्। नेपाल चिकित्सक संघ कोशी शाखाका अध्यक्ष डा परवाड सिलवालले चिकित्सक र नर्सलाई बस्दै आएका घरबाट निकाल्ने र स्वास्थ्य संस्थामा बेतलबी बिदा दिंदा जिविकोपार्जन गर्न कठिनाइ भएको बताए।

उनले प्रदेश १ का निजी स्वास्थ्य संस्था र अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सलाई रोजगारदाता संस्थाले जबरजस्ती बेतलबी बिदा दिने क्रम बढेकाले प्रदेश सरकारलाई तत्काल उक्त कार्य रोक्न माग गरे। चिकित्सलाई तनावमुक्त किसिमले काम गर्न वतावरण बिग्रिएकाले सरकारले बेलैमा ठोस कदम चाल्नु पर्ने चिकित्सक संघको माग छ।

लामो समय अध्यापन पेशमा आवद्ध चिकित्सक तथा नर्सलाई स्वास्थ्य शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चाल गरेर घण्टाको दरले काम गराइरहेको नेपाल नर्सिङ्ग संघ मोरङ शाखाका अध्यक्ष कविता अधिकारीले बताइन्। उजुरी दिए जागिर जाने त्रासका बीच बेतलबी बिदा बसेर तनावमा दैनिकी बितिरहेको नर्स तथा चिकित्सकको समस्या समाधान गर्न आवश्यक पहल सरकारले गर्नुपर्ने उनको भनाइ छ। ‘फोर्स लिभका लागि दवाव नदिन र तलब नकाट्न आग्रह गर्‍यौं’, उनले भने, ‘मेडिकल कलेज र नर्सिङ्ग कलेजका विद्यार्थीबाट एकमुष्ठ पैसा लिएर भर्ना गरिएका छन्।’ विद्यार्थीबाट पहिलै पैसा लिएर भर्ना गरिसकेता पनि अध्यापन गराउने चिकित्सक नर्सको तलब नदिने नीति स्वीकार नगर्ने उनले बताइन्।

सचिव मेनुका भण्डारीले नर्स र चिकित्सको समस्या समाधन गर्ने विषयमा स्वास्थ्य संस्थासँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उल्लेख गरिन्।

सरकारी सेवामा कार्यरत चिकित्सलाई सरकारबाट दिइँदै आएको तलब भत्ता आइरहे पनि निजी स्वास्थय संस्थाले बेतलबी बिदा दिने र काम गरेकालाई ५० प्रतिशत कम तलबमा काम गर्न बाध्य बनाउँदै आएको संघको आरोप छ। प्रदेश १ मा १० हजार नर्स र करिव ३ हजार चिकित्सक निजी अस्पताल र स्वास्थ्य शैक्षिक संस्थामा कार्यरत छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome