सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

गुल्मीमा प्रहरीद्वारा ८ क्विन्टल गाँजा नष्ट

२ कार्तिक, २०७७ ०८:०४ मा प्रकाशित

332 पटक पढिएको

marijuana plant destroyed

कपिल अधिकारी

गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीले गाँजा फडानी गर्ने अभियानलाई तिब्रता दिएको छ। समुदाय–प्रहरी साझेदारी अवधारण अनुसार प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमीचौर स्थित बिभिन्न ठाउँमा भएको अबैध गाँजालाई फडानी गर्नुका साथै नष्ट समेत गरेको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक रुद्रनाथ सापकोटा र सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म गुल्मीबाट सशस्त्र प्रहरी नायव निरिक्षक बिरबहादुर महतराको कमाण्डमा खटिएको टोलीले ८ कुन्टर गाँजाका बोटहरु नष्ट गरेको छ । प्रहरीले सिमीचौरका २ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रेका २ हजार दुई सय अबैध गाँजाका बोटहरु स्थानीय जनप्रतिनिधिको रोहोवरमा नष्ट गरिएको गुल्मी प्रहरी प्रमुख (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।

पछिल्लो समय यता लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि त्यसको अत्य गर्नको लागि अभियान संचालन गरेको पन्तले बताए । मान्छेमा चेतना नभएका कारण वा कतै बुझ पचाएर गाँजा खेती फस्टाईरहेकाले बिस्तारै सवै स्थानमा सवैको सहयोगबाट गाँजालाई मुक्त गरिने प्रहरी नायव उपरिक्षक (डिएसपी) पन्तले बताए । गाउँमा पशुचौपाय विरामी हुदा गाँजा खुवाउदा ठिक हुने भएकाले गाँजाको वोट हुर्काउने प्रचलन रहेको छ ।

तर, प्रहरीले पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका बोट राख्नु र हुर्काउनु अवैध भएकाले भन्दै फडानी गर्दै आएको छ ।

जिल्लामा व्यवसायीक रुपले गाँजा खेती भने गरिएको पाइएको छैन्। औषधी बनाउन तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजा अर्थात भाँगोको प्रयोग गर्ने गर्दछन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome