बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

धरानमा ७३ वर्षीय वृद्धको मृत्युसँगै कोरानाले मृत्यु हुनेको संख्या ४० पुग्यो

२ श्रावण, २०७७ १४:५० मा प्रकाशित

638 पटक पढिएको

corona patient dies

धरान, ०२ साउन : कोरोना भाइरस संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७३ वर्षीया वृद्धको निधन भएको छ । सप्तरीको राजविराज नगरपालिकाका वडा नम्बर ११ का रामकृष्णदासको बिहीबार राति उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

दास कोराना संक्रमणको पुष्टि भए पश्चात बिहीबार दिउँसो प्रतिष्ठानमा भर्ना भएका थिए । उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ देखिएको थियो । मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ । मृतकको अन्त्येष्टि लागि व्यवीथापन गर्ने पहल भइरहेको डीएसपी बस्नेतले बताएका छन् । उनको शव सप्तरीमै लगेर अन्त्येष्टि गरिने बताइएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

भारतको दिल्लीबाट दरभंगा हुँदै कान्छा छोरा र श्रीमतीसहित दास १३ दिनअघि घर आएको वडा अध्यक्ष प्रेम यादवले जानकारी दिए । लकडाउनअघि श्रीमतीको कलेजोसम्बन्धी उपचारका लागि दिल्ली गएका उनी उपचारपछि आउन नपाएर भारतमै रोकिएका थिए ।

लकडाउन खुकुलो भएपछि १३ दिनअघि फर्किएका दासलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो । दास मुटु र प्रोस्टेटका बिरामी थिए ।

दासको मृत्युपछि मात्र उनीहरु १३ दिनअघि भारतबाट राजविराज आएकोबारे स्वास्थ्य कार्यालय सप्तरीले जानकारी पाएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।

राजविराज नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम यादवका अनुसार श्रीमतीको उपचार गरेर १३ दिनअघि फर्किएका दास परिवार घरमा बस्न थालेपछि आफूले जानकारी पाएको र होम क्वारेण्टाइनमा बसेको जानकारी दिए ।

कोराना संक्रमित दासको मृत्युपछि उनको श्रीमती, छोरा, बुहारी, नाती, नातिनी र घर-पसलमा कार्यरत कर्मचारीको स्वाब संकलन गर्न लागिएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

कोशी ग्यासको प्रमुख डिलर र खाद बीज भण्डारका सञ्चालक दासको राजविराज ६ सिरहा रोडस्थित घरमै पसल छ । चित्रगुप्त सेवा समितिका पूर्व अध्यक्ष, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका पूर्व जिल्ला अध्यक्ष, सप्तरी उद्योग बाणिज्य संघका सल्लाहकार, राजविराज हटियास्थित राधाकृष्ण मन्दिर र डिंहवार थान निर्माण समितिका कोषाध्यक्ष, विभिन्न बीमा संस्थानका सिनियर अभिकर्ता दास सामाजिक कार्यमा सक्रिय थिए । कोरोना संक्रमणले मृत्यु हुने दास सप्तरीको पहिलो व्यक्ति हुन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome