मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

टिचिङमा उपचारपछि घर फर्किएकी महिलाको कोरोनाका कारण मृत्यु

२ कार्तिक, २०७७ ०८:१४ मा प्रकाशित

666 पटक पढिएको

corona patient dies

नुवाकोट – कोरोना भाइरसका कारण नुवाकोटमा ६१ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका वडा नं. ४ सिक्रेकी एकल महिलाको शनिबार घरमै ज्यान गएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार उनको शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार दिउसो १ बजे घरमै मृत्यु भएको हो ।

स्थानीयका अनुसार मृतक महिला दम र निमोनियासहित क्यान्सरबाट पनि पीडित थिइन् । साथै उनलाई गत असोज २९ गते मात्रै काठमाडौँको टिचिङ अस्पतालबाट उपचारपछि घर फिर्ता ल्याइएको थियो। गाउँमै मृत्यु भएपछि शव व्यवस्थापनको पहल भइरहेको प्रजिअ ढकालले बताए ।

यससँगै नुवाकोट जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ९ जना संक्रमित थपिएका छन् । संङ्क्रमित ९ जनामध्ये विदुर नगरपालिकाका ४ जना, ककनी गाउँपालिकाका २ र बेलकोटगढी नगरपालिकाका ३ जना छन् ।

तीमध्ये १ जना शिक्षण अस्पताल महराजगञ्जमा, १ जना अस्पतालको आइशोलेसनमा र बाँकी होम आइशोलेसन रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

साथै शनिबारसम्म नुवाकोटमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ सय ४९ पुगेको छ । सङ्क्रमित मध्ये १ सय ३७ जना कोरोना मुक्त भइसकेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome