बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

२ कार्तिक, २०७७ ०८:२० मा प्रकाशित

377 पटक पढिएको

kamal thapa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् ।

बुधबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका थापाको स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका हुन् ।

टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि थापा अस्पताल भर्ना भएका हुन् । थापा अहिले चावहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरको आईसीयूमा छन् ।

अस्पतालका प्रबन्धक बाबुकाजी कार्कीका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर फिजिसियन डा. विश्वनाथ कोइराला, डा. सुबोध सागर ढकाल, डा.प्रमेश सुन्दर श्रेष्ठलगायतको टोली खटेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome