बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

नेपाली युवाले तोडे गिनिज वर्ल्ड रेकर्ड

२ कार्तिक, २०७७ ०८:२४ मा प्रकाशित

353 पटक पढिएको

chitra kumar karki guinness world record

काठमाडौँ – अमेरिकी नागरिक जोन पेरी टक्सनले १ डिसेम्बर २०१९ मा ‘मस्ट अल्टरनेटिभ हिट्स विथ अ टेनिस र्‍याकेट’ को वर्ल्ड रेकर्ड नेपाली युवाले तोडेका छन् ।

३० सेकेन्डमा ९७ स्कोर गर्दै गिनिज विश्व रेकर्डको उक्त टाइटल जितेका अमेरिकीलाई उदयपुरका युवा चित्रकुमार कार्कीले जितेका छन् । कार्कीले हालै ३० सेकेन्डमा १०२ स्कोर गर्दै गिनिज वर्ल्ड रेकर्डको उक्त टाइटल आफ्नो नाममा दावी गरेका हुन् ।

आइतबार ललितपुरस्थित वर्ल्ड रेकर्ड फाउन्डेसनको सभाहलमा भएको कार्यक्रममा कार्कीले सो स्कोर बनाउन सफल भएका थिए । उक्त कार्यक्रममा कार्कीको प्रतिस्पर्धा अल्ट्रा ग्रुपका प्रतिनिधि उत्तम खनालले प्रमुख अतिथिको रुपमा अवलोकन गरेका थिए ।

फ्ल्यास टेनिस एकेडेमीका अध्यक्ष श्रवण कार्की, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय महासचिव हरि रेग्मी लगायतको उपस्थितिमा कार्कीले आफ्नो रेकर्ड दावी गरेका हुन् । कार्कीले यसअघि नै उल्टोतर्फबाट मोटरसाइकल चलाएर विश्व रेकर्ड कायम गरिसकेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome