मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

लमजुङ क्वारेन्टाइनमा एक युवा झुण्डिएको अवस्थामा फेला

२ श्रावण, २०७७ १४:५३ मा प्रकाशित

471 पटक पढिएको

suicide by hanging

बेंसीसहर, ०२ साउन : लमजुङको एक क्वारेन्टाइनमा बसेका युवा मृत भेटिएका छन् । ब्क्होलासोथर गाउँपालिका-९ गिलुङस्थित बुद्धोदय माविको क्वारेन्टाइनमा बसेका २३ वर्षीय युवराज घर्ती मृत अवस्थामा भेटिएका हुन् ।बिहीबार राती झुण्डिएको अवस्थामा फेला परेको लमजुङ प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।

क्व्होलासोंथर गाउँपालिका ६ स्थायी घर भएका उनी गत असार ३१ गते बुटवलवाट घर आएका थिए । बिहीबार दिउँसो मात्र उनलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा घर्ती मात्र बसेका थिए । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome