सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

माछा मार्न गएका एक युवा खोलामा मृत फेला

२ कार्तिक, २०७७ १६:३९ मा प्रकाशित

363 पटक पढिएको

dead body

विराटनगर – मोरङको कटहरी गाउँपालिका–४ मा माछा मार्ने भन्दै घरबाट निस्किएका एक युवा खोलामा मृत फेला परेका छन् । कटहरी–४ का २२ वर्षीय लक्ष्मण पासवान घर नजिकैको लोहन्द्रा खोलामा आइतबार बिहान मृत फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

उनका अनुसार लक्ष्मण माछा मार्नका लागि भनेर शनिबार दिउँसो घरबाट निस्किएका थिए । नफर्किएपछि खोजी गर्ने क्रममा स्थानीय बासिन्दा, परिवारका सदस्य र आफन्तले खोलामै डुबेर मृत्यु भएको अवस्थामा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

एसपी खड्काले शवलाई पोस्टमार्टमका लागि लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनका अनुसार माछा मार्ने क्रममा खोलाको दहमा डुबेर युवाको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome