सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

उपत्यकामा १,६९८ सहित देशभर थप २,९४२ जनामा कोरोना पुष्टि, २,३२६ डिस्चार्ज

२ कार्तिक, २०७७ १७:०१ मा प्रकाशित

505 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ९८ सहित देशभर थप २९ सय ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १४६९ , ललितपुरमा ९९ र भक्तपुरमा १३० गरी १६ सय ९८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १२ लाख ८३ हजार ३५४ पुगेको छ।

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ। संस्थागत आइसोलेशनमा १२ हजार ३३३ रहेका छन् भने होम आइसोलेशनमा २६ हजार ४०८ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ८३१ जना छन्।

पछिल्लो २४ घण्टामा २३ सय २६ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ९२ हजार १६६ पुगेको छ।

मन्त्रालयका अनुसार अहिले आईसीयू ३०१ जना र भेन्टिलेटर ६६ जनाको उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।

मन्त्रालयका अनुसार पाँच सय बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौं, भक्तपुर, चितवन, दाङ, बाँके, कास्की, रुपन्देही हुन् । अहिलेसम्म ७७ जिल्लामध्ये मुस्ताङमा मात्र कोरोना संक्रमण देखिएको छैन ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome