शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

उपत्यकामा २,३८८ सहित देशभर थप ३,७९० जनामा कोरोना पुष्टी, २,३३५ डिस्चार्ज

३ कार्तिक, २०७७ १६:५६ मा प्रकाशित

709 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जना सहित देशभर थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ । काठमाडौंमा २ हजार ८ , ललितपुरमा ९९ र भक्तपुरमा २८१ गरी उपत्यकामा २ हजार ३८८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै देशभर संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार देशभर ४० हजार ७७८ कोरोनाका सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् भने २६ हजार ९२७ होम आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन्।

पछिल्लो २४ घण्टामा २३ सय ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।

आइसीयूमा २८२ र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ७५७ जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome